दफा
प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी दिन सक्ने
(१) संहिताको दफा ५ को उपदफा (४) बमोजिम प्रमुख जिल्ला अधिकारी समक्ष कसूरको सूचना सहित उजुरी दिन आएमा त्यस्तो उजुरी छुट्टै दर्ता गरी उजुरीकर्तालाई दर्ताको निस्सा दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दर्ता भएको सूचना सहितको उजुरी उपर संहिताको दफा ५ को उपदफा (५) बमोजिम निर्णय गरी सम्बन्धित कार्यालयमा पठाउनु पर्नेछ ।